काठमाण्डौं, साउन २९ । कैलालीमा चट्याङ लागेर एक बालिकाका मृत्यु भएको छ ।
आज दिउँसो चट्याङ लागेर बाख्रा चराउन गएकी कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ की १३ वर्षीया अन्जु शाही घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीसँग बाख्रा चराउन गएकी १५ वर्षीया भावना शर्मा भने घाइते भएकी छिन् । घाइते भएकी भावनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।