
काठमाडौं, साउन ३० । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा चेन्नई सुपर किङ्सका कप्तान महेन्द्रसिंह धोनीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना रिपोर्ट नेगेटिभ आएसँगै आईपीएलको यात्रा गर्न सहज हुने भएको छ । धोनी आज चेन्नई जाने तयारी रहेको बताइएको छ । उनको टोली आइपिएलको लागि यूएई जाने तयारीमा छ ।
धोनीको टिम २२ अगस्तमा यूएई जाने तयारीमा छ । यो सिजनको आईपीएल १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म यूएईमा हुनेछ । BBC