
काठमाडौं, भाद्र २ ।अहिले देशभर मौसम बदली भएको छ भने बागमतीसहित पश्चिमका प्रदेशमा हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
्काठमाडौं उपत्यकासहित बागमती प्रदेशदेखि पश्चिमका पहाड तथा तराईका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल वताए ।
‘ठूलो वर्षा कतै भएको छैन,’ मंगलबार बिहान नेपालखबरसँग उनले भने, ‘यो पानी पनि १०–११ बजेपछि रोकिने देखिन्छ र दिउँसो कतै घाम पनि लाग्छ तर पुनः साँझपख वर्षा सुरु हुने अनुमान छ ।’