• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आर्मी बुवाको नाममा समर्पित


  •    सुचना डबली डेस्क / २०७७, ३ भाद्र बुधबार प्रकाशीत

  • Advertisement

    केशब पराजुली 

    बुटवल, भदौ ३ 

    मेरो लागि बुवाको उमेर ३६ बर्ष हो ।
    दिदि दाइ का लागि बुवाको उमेर क्रमश २१, २६, ३० हुन सक्छ ।
    भिनाजुका लागी बुवाको उमेर १९ बर्ष हुन सक्छ।


    छोरी तर्फका नाती नातिनीको लागी बुवाको उमेर ९ देखी १८ बर्ष हुन सक्छ ।
    घरमा आइसकेका बुहारीका लागि बुवाको उमेर भर्खर ५-६ बर्ष हुन सक्छ ।
    छोरा तर्फका नातिनीको लागि बुवाको उमेर ४-५ बर्ष हुन सक्छ ।


    नयाँ बुहारी र छोरा तर्फका नातीको लागि बुवा जन्मिनु नै भएको छैन ।
    यसरी हेर्दा बुवाको जन्म साल २०१५ पनि एक रहस्य नै छ ।

    पहिलोपटक बुवालाई देख्दा मैले बुवालाई देखिन सायद । आमाले ‘जाउ बुवासँग !’ भनेर चेपारे घसेर बोलेकै भरमा म बुवाको काखमा गएको थिएँ रे, आमाले भन्नुभएको । उहाँ भन्नुहुन्छ, त्यतिबेला मैले बुवालाई बढो घोरिएर हेरेको थिए रे !हिस्सी परेको अनुहार, खाइलाग्दो ज्यान ,काला जुँङ्गा, कालो कपाल मैले पहिलोपटक बुवा भनेर बुझ्दा बुवाको यहि रुप सम्झिन्छु ।

    बुवा नेपाल आर्मीमा हुनुहुन्थ्यो रे ! म कान्छो भएकालेे यो सबैभन्दा ठूलो रहस्य हो मेरो लागि ! मैले बुवाले आर्मी युनिफर्म लगाएको कहिल्लै देखिन । बुवा एक पटक शान्ति सेना जानुभयो रे ! यो पनि मेरालागि रहस्य नै लाग्छ । आर्मीमा जागिर खानु र अनि कहिल्लै आर्मीका अनुभवहरु हामीलाई नसुनाउनु । अचम्म लाग्छ नै !

    बुवाले जमानामा SLC गरेकोले जागीर खाएपछी नेपाल आर्मी भित्रैको कलेजमा ३ बर्से मेडिकल कोर्स गर्ने अबसर पाउनुभयो र उतिर्ण गरिसकेपछि झन्डै १५-२० बर्ष श्री विरेन्द्र अस्पताल छाउनी काठमाडौं, ,धनगढी,जोमसोम ,हेटौंडा ,धादिङ लगायत ठाउमा नेपाली सेनाको रूपमा स्वास्थ्य सेवा गर्नभयो ।यो पनि मेरोलागि रहस्य नै हो । म बुवा आमा बिरामी हुँदा १ बर्ष अगाडि छाउनी अस्पताल जादा आजसम्म पनि बुवा का हाकिम हरु र बुवाका साथीहरू भेटिनु हुन्छ र बडो मिठा गफगाफ गर्नुहुन्छ बीच बीचमा कुरा हुन्छ त्यो साथी त जर्नेल भयछ अर्को साथीले त बानेश्वरमा घर बनायो ,त्यो साथी अहिले अमेरिका गयेको रहेछछोरासंग अस्ति मसित फेसबुक मा कुरा भएको थियो त्यो पुर्बको साथी पेन्सन पछि अफगानिस्तामा गएको आक्रमणमा परेछ बिचरा राम्रो मान्छे थियो।
    केहिछिन मौनता ………..पुनः मिठा गफ ….

    यसरी नेपाल आर्मीमा कार्यरत बुवाले चटक्कै जागीर छोडेर गाउँमा गएर भैंसी, बाख्रा पाल्नु र मेलापात गर्नु ! जागिर छोड्दैछु भनेर आमालाई पनि नभन्नु र छोडेको भोलिपल्टै गाउँ जाने हिम्मत आउनु ! यो कस्तो अचम्मको रहर !म शहरमा बसेको बुवालाई चिन्दिन । म आर्मी बुवालाई चिन्दिन । चिन्छु त गाउँ गएपछि बिरामीको घाउ सिलाउने र मलम पट्टि लगाउने स्वास्थ्यकर्मी , किसान, समाजसेवी र मोटर बाटो अध्यक्ष बुवालाई, सामुदायिक विद्युतको सचीव बुवालाई ,स्कुल ,बन ,खानेपानी ,कृषि समितिका सदस्यबुवा लाई !
    मेरा लागि बुवा रहस्य नै रहस्यको रहस्य हुनुहुन्छ !

    बुवाका केही अन्य रहस्यहरु:- १-बुवा शान्ति सेना सोमलिया गएपछि आतंकबादी हरुले नेपाली सेनाको गाडीमाथी गोलि चलाउदा बुवा संगै बसेका केहि सेना घाइते र केहि मारिनुभयको थियो तर बुवालाई भाग्यबस केहि भएन ।मलाई लच्छिनको छ भन्नुहुन्थ्यो घरमा किनकि मेरो जन्म बुवा बिदेश गएको केहि महिनामा भएको थियो ।(तेतिबेला बुवाले बिदेशबाट ल्याउनुभएका क्यामेरा ,घडी र जापानी रेडियो मध्ये मैले रेडियो मात्र चलाउने मौका पाएको थिए )

    २-बुवालाइ बसाईको हिसाबले तराई पटक्कै मन पर्ने थिएन तर बिदेश गयेर आएपछि केहि जग्गा रुपन्देही किन्नु भयो र घर गुल्मीमा निकै खर्च गरेर बनाउनु भयो तर हाल बसाई मेरो पनि बुवाआमा संगै रुपन्देहीमा छ ।

    ३-माओवादी जनयुद्धको केहि समय बुवा नेपाली सेनामा हुनुहुन्थ्यो हाम्रो बसाई गाउँमा थियो तेतिबेला गाउँमा माओवादीको बिग बिगि थियो कोहि परिवारको सदस्य सेनामा भएमा परिवार लाइ मार्ने सम्मका धम्की आउनु सामान्य कुरा थियो तर माओवादी हाम्रो घरमा आउदा स्वास्थ्य सेवामा हुनु हुदो रहेछ छिटो पेन्सन निस्किन भन्नुहोला भन्दै मिठो बोलेर खाना खाएर केहि खाद्यान्न र पैसा सहयोग मागेर सरासर जान्थे ।

    ४-बुवा पेन्सन निस्किने तयारीको लागि धादिङ आउँदा सबारी दुर्घटनामा परि गम्भीर घाइते हुनुभयो तेतिबेला सोही दुर्घटना हुने बसका लगभग ९जनाको मृत्यु भएको थियो तेतिबेला पनि बुवा भाग्यबस निकोहुनुभयो ।

    आर्मी बुवा तस्बिर : केशब पराजुलि

    लाग्छ,
    उहाँलाई जिन्दगीसँग कुनै गुनासो छैन !
    उहाँसँग जिन्दगीको कुनै गुनासो छैन !
    लाग्छ,
    उहाँ जति पीडा र दु?ख सहन सक्ने कोही छैन !
    उहाँ जति खुशी र सुखी कोही छैन !
    जिन्दगीको बारेमा सबै बुझेर मौन हुनुहुन्छ उहाँ
    मौन भएर नै जिन्दगी बुझ्नुभएको छ
    रहस्य नै रहस्य लाग्नुहुन्छ उहाँ मलाई ।
    किनकी वहाँ खुल्नुहुन्न, खोलिनुहुन्न ।

    उहाँको अनुहारमा त्यति धेरै खुशी कहिल्यै देखिएन ।
    उहाँको अनुहारमा त्यति धेरै पीडा कहिल्यै देखिएन ।
    निकै कम बोलीचालीमा निकै कम प्रश्नको उत्तर आउँछन् र निकै कम उत्तरका लागि प्रश्न आउँछन् ।

    भ्रष्टाचार गरेर कमाएको धनले जीन्दगीभर खुशी दिँदैन भनेर योबाट टाढा रहनु भन्नुहुन्छ उहाँ हामिलाइ ।

    मेरा लागि बुवा एक रहस्यको पहाड हो जसलाई उत्खनन् गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि सकिरहेको छैन । मेरालागि बुवा सागरको पिँध हो जसलाई अरुले भनेको आधारमा बुझेको जस्तो लाग्छ तर आफैँले अध्ययन गर्न सकेको छैन । मेरा लागि बुवा अन्तरिक्ष हो जहाँ म पुग्न सकिरहेकै छैन ।

    यति रहस्य हुँदा हुँदै पनि बुवा मेरालागि हर प्रश्नको उत्तर हुनुहुन्छ । मेरा हरेक समस्याको समाधान हुनुहुन्छ । मेरा लागि सबथोक हुनुहुन्छ
    बस् यत्ति चाहन्छु,
    बुवा !
    म तपाईंको हरेक प्रश्नको उत्तर बन्न सकुँ !

    बा’लाई मुख देखाउनसक्ने हुनु छ
    जसरी आमाको नजिक भोको हुनु पर्दैन ।
    ??

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘तँ ठिक कि, म ठिक’ नेपालको राजनीतिक परिदृश्य
    लुकामारी !
    कविता : पानी बनेस् है, छोरा !
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.