
काठमाण्डौं, भाद्र ६ । सिन्धुपाल्चोक पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर वेपत्ता भएका मध्ये हालसम्म ३२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ
शनिवार थप ३५ वर्षीय सानीकान्छी दोङ र उनकी ४ वर्षीय छोरी करिस्माई दोङको शव फेला परेसंगै मृतकको संख्या ३२ पुगेको हो ।
पहिरोमा बेपत्ता अन्यको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ ।