
काठमाण्डौँ, भाद्र ८ । गायक पुरुषोत्तम पौडेल र शान्ति श्री परियारको स्वरमा ‘ ओए कान्छू ‘ सार्वजनिक भएको छ ।
नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको संगीत रहेको उक्त गीतमा बिनोद बाजुराली एरेन्ज रहेको छ । गीतमा खेम सेन्चुरी,अञ्जली अधिकारी, प्रदिप भट्टराई र सपना धनालाको अभिनय रहेको छ ।
यो गीत पुरुषोत्तम पौडेलको आफ्नै युट्युव च्यानलबाट बजारमा आएको हो ।