बुटवल, भाद्र ९ । रुपन्देहीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सोमबार राती भीम अस्पतालमा उपचाररत गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।







