
काठमाडौं, भाद्र ११ । नेपालमा बिहीवार थप १ हजार १११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ११११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।जसमध्ये १८३ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएको छ भने २०,०७३ सङ्क्रमितहरू निको भएर डिस्चार्ज भइसकेका छन् ।