
काठमाण्डौं, भाद्र २१ । सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
सत्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित तारखाना पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक सुरूङगा नगरपालिका–७ का २३ वर्षीय गायाप्रसाद चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सत्तरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते भएका मोटरसाइकलमा सवार अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।