
काठमाडौँ, पुस १७ । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको निमाृण यसनिटले जनाएको छ ।
निर्माण भएको केही बर्ष वितिसक्दा पनि रिलिज हुन नसकेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन मिति तय गरिएको छ ।
निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।
दिपेश सापकोटाले निर्देशन गरेको यस चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।