बुटवल, फाल्गुन १२ । लियो क्लब अफ बुटवलआयोजनामा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता सप्पन्न भएको छ ।
फाल्गुनको ८ र ९ गते बुटवल देविनगर स्थित ओलिपथको कबर्ड हलमा भएको प्रतियोगितामा जिल्लाका २५ बिद्यालयका २५० जना खेलाडीको सहभागिता रहेको थियो । जसमा न्यु होराईजन मा.बि. ले ६ स्वर्ण ४ रजत र ३ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ। यसैगरी एक स्वर्ण २ रजत र २ कास्य सहित लुम्बिनी बोर्डिङ द्वितीय भएको छ भने एपेक्स स्कुलले १ स्वर्ण २ रजत र १ कास्य गरि तृतीय स्थान हासिल गरेको छ। प्रतियोगितामा न्यु होराईजनकी प्रक्रिती राना र लुम्बिनीका रितिम गुरुङले उत्कृष्ट खेलाडी पदक प्राप्त गरे।
लियो क्लब अफ बुट्वलका अध्यक्ष लियो हिमालय भुसालको अध्यक्षता, लायन्स डिस्टृक्ट रिलिफ एन्ड रेस्क्यु प्रमुख लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्यको बिशिस्ट आतिथ्यता, लायन्स अध्यक्ष र लायनेस अध्यक्ष को आतिथ्यता तथा विभिन्न भौगोलिक क्षेत्रका दर्शकहरुको उपस्थिति रहेको उक्त प्रतियोगिता को निरीक्षण अन्तर्राष्ट्रिय टेबलटेनिस लेबल २ कोच महेश न्यौपानेले गरिरहेका थिए ।
कार्यक्रममा बोल्दै बक्ता हरुले खेल र खेलाडीको प्रतिभा र बिकासमा लागेको भन्दै क्लब प्रती उच्च सम्मान ब्यक्त गरेका थिए कार्यक्रमको सन्चालन क्लबका प्रथम उपाध्यक्ष रमेश न्यौपाने र सचिब सुबिन थान्जुले गरेका थिए भने संयोजन बिनय पटेलले गरेका थिए।







