• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बिरामी परेको मेरो गाउँ


  •    सुचना डबली डेस्क / २०७८, ५ जेष्ठ बुधबार प्रकाशीत

  • Advertisement

    सुरज आचार्य
    वाणगंगा-५ कपिलबस्तु
    स्नेहा, हार्दिकता, प्रेमको स्रोत मेरो गाउँ । त्यहि गाउँ जहाँ मेरी ममतामयी आमा हुनुहुन्छ । त्यहि गाउँ जहाँबाट मेरो सुरुवात भयो, त्यहि गाउँ जुन सुन्दरताको अर्को नाउ हो, त्यहि गाउँ जुन सहयोग र भाइचाराको आर्को नाउ हो । हो म त्यहि गाउँको मान्छे हो जहाँ मेरी आमा छिन, जहाँ सुख दुखमा साथ दिने मेरा साथी छन्, जहाँ खाचो पर्दा हात फैलाउने छिमेकि छन् । हो त्यहि गाउँ अहिले बिरामी परेको छ ।

    समय संग बग्दै जादा मेरो गाउँका युवाहरु पनि बग्दै गए । कोहीलाई देश बाहिर नै बगायो भने कोहि सहर तिर बगायो। हुन त कोहीलाई रहरले बगाको भने हैन । कोहि घरको २ छाक तार्न बगे भने कोहि राम्रो शिक्षाको लागि बगे। त्यहि बाढीमा परि मेरो गाउँ बिरामी भयो । कसैको बुढेसकालको लौरो नै बगायो भने कसैको मानो रोपी मुरी फलाउने हातगोडा बगायो । त्यहि सुन्दर खेतबारी जहाँ मानो रोपी मुरी फलाउने गरिन्थियो आज समयले घडेरी बनायो ।

    बाँसको झ्यांगमा सोरमा सोर मिलाउदै गुनगुनाउने चराहरुको आवाजले बिउझाने म अहिले मोबाइलको अलरामले बानि बसेको छ । बिहान बिहानआ मेरो निन्द्रा खराब गरि कराउने भोकाएर बाख्रा भैसीको आवाज आज नसुन्दा सुनो लाग्न लागेको छ । कुनैबेला घरै पिछ्हे २ ओटा भैसी हुने गर्दथे । एउटा बर्खालाई हुन्थियो भने एउटा हिउदलाई हुन्थियो । सबैका घरमा बार्है मास दुध टुट्ने थिएन । तिर्खा लाग्दा चिसो महि खाने बानि थियो । बारी भरि तरकाली हुन्थियो । घरमै फलाएको तरकाली खाइन्थियो । सबै निरोगी हुन्थिय । तर आज त्यहि बारी बाजो छ । आझ तिनै तरकाली फलाउने हात, दुध दुने हात, प्रदेशमा दात र गिजा दुख्ने गरि बर्गर र पिजा खान बाध्य छन्।

    रहर त उनीहरुको पनि ढिडो र साग, दुध, दहि महि, घीउ सर्याप्प पार्ने नै थियो । भैसीको मल हाली फलेका तरकाली खाने मेरो गाउँ आझा हाट बजारको प्रतिक्षामा बसेको हुन्छ । ठेकी भरि महि र बाल्टी भरि दुध हुने मेरो गाउँ आझा डेरी धाउछ । सबैका घर भकारी भरि वर्ष दिनलाई खान पुग्ने धान हुन्थिए । आज नत त्यो भकारी छ नत वर्ष दिनलाई पुग्ने धान नै । छन् त सृफ बासमती नाम दिई बेचिने मोटा चामलका बोरा टन्न खेत भरि तोरी छरेको हुन्थियो । प्रशस्तै तेल हुन्थियो । भैसी हुन्थियो घिउ हुन्थियो । भातमा घिउ राखी खाइन्थियो नत कसैलाई ग्यास्टिक भन्ने थाहा थियो नत कसैलाई थियो नै ।

    आज निस्लोट छ मेरो गाउँ । थकित छ प्रदेसिको बाटो हेर्दै बस्ने गोरेटो। चर्किएको आफ्नो शरीरमा मलम लाउने मान्छेको खोजीमा छन् खेतबारी । गित सुनाउन आतुर छन् बासका चराहरु अनि कुरेर बसेका छन् प्रदेसिलाई तिनै बुढा बा आमा जसले हड्डी खियाएर लाएक बानाका थिए । त्यो नाङ्गो भकारी आझ त्यहि मान्छे को खोजीमा जसले पेट भर्ने गरि धान राखि दिन्थियो । तिर्खाएको छ त्यो ठेकी जसमा निम्थई महि भरिन्थियो ।

    आखामा आसुका ढिका खसाल्दै प्रदेसिएको छोरो अब कहिले बा को बुढेसकालको लौरो बन्ला रु बिहान उठी घास दाउरा गरि घर फर्किएसी सिलौतोमा पिसिएको गोलभेडाको चट्नी संग भात खाइन्थियो, अब त्यसरी सिलौतोमा पिसिएको चट्नी कहिले खाइएला रु गाउँमा बिहे, पुजा केहि हुन लागेको भए सबै साथीभाई संगै पात टिप्न जंगल गैन्थियो। अर्नी सोरुप कसैले रोटि लान्थीय त् कसैले पुरी, दिन भरिको थकान लाइ भुली हासी रमाई सबैले खाइन्थियो, अब त्यो दिन कहिले आउला रु गाउँमा अब त्यो दिन कहिले आउला रु जब सबै साथीहरु गोठालो गैन्थियोखा र रमाउदै खेलहरु खेलिन्थियो अनि भैसीले बालि नाली खाएर गालि खाइन्थियो ।

    आज सुनसान जस्तै छ मेरो गाउँ । कोहि सहर पसे कोहो अरब पसे अनि महिला र बूढापाका गाउँ धानेर बसे। गाउँमा मर्दा लास उठाउने मान्छे छैनन्। उबेला गरिबी त थियो तर गाउँ नै रमाइलो थियो । यसैगरी चलिरहेको छ मेरो बिरामी गाउँ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘तँ ठिक कि, म ठिक’ नेपालको राजनीतिक परिदृश्य
    तपाईंले भोट दिएर जिताएका नेता जितेपछी फर्केर आए त ?
    छोरो मान्छे  भएर रुन्छन र ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.