• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अर्घाखाँचीको बराहदह मेलाको उद्घाटन गर्न नेकपा नेता टोपबहादुर रायमाझी आउने


  •     / २०७६, २५ पुष शुक्रबार प्रकाशीत

  • Advertisement

    सुचनादबली संबाददाता, शुक्रबार, पुस २५, २०७६ अर्घाखाँची । पहाडी जिल्लाहरुमा जुन एक मात्र क्षेत्र जहाँ लोपोन्मुख गोही पाइने गौरवमय धार्मिक इतिहास बोकेको अर्घाखाँचीको बराहदह मेलामा माघ १ गते केन्द्र देखि स्थानिय तह सम्मका जन प्रतिनिधीहरुको जमघट हुने भएको छ । सयौँ बर्ष पहिले देखि एक गौरवमय धार्मिक इतिहास बोकेको बराहादह प्राकृतिक सम्पदाको प्रमुख स्थल पनि रहेको छ । धार्मिक तथा पर्यटकीय स्थल बराहदहको प्रचार-प्रसारका लागि विगतका केही वर्षहरु देखि औपचारिक रुपमा मेला आयोजना गर्दै आइरहेको शितगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भिम केसीले बताउनु भयो । धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तमा बास बस्न भक्तजनहरु आउने गर्छन् । माघे सक्रान्तिका दिन बिहानै देखि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । उक्त दहमा स्नान गर्दा पाप नष्ट हुने विश्वास गरिने धार्मिक मान्यता रहीआएको छ । यस क्षेत्रलाई धार्मिक एवं पर्यटकिय रुपमा प्रचार प्रसार तथा प्रवर्द्धन गर्न भन्दै मेला आयोजना गर्न लागिएको वडा सदस्य खुम बहादुर लुईचेले वताउनुभयो । पहाडी जिल्लाहरु मध्ये अर्घाखाँची जिल्लामा गोही पाइने एक मात्र क्षेत्र भएपनि यो क्षेत्र व्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेको छ । यसको प्रचार प्रसारको लागि सरोकारवाला निकाय लगाएत सबै लाग्नु पर्नेमा सामाजिक अभियान कर्मी गणेश बेल्बासे संगमले बताए । अर्घाखाँचीको दक्षिण- पश्चिम भागमा रहेको वराहदह शितगंगा नगरपालिका वडा नं. ९ मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित छ । यस दहमा आई बराहा भगवानसगँ बर मागेमा सोंचेको पुग्ने पुरानो किवदन्ति रही आएको छ । यस गोही पाईने धार्मिक बराहदहको व्यापक प्रचारप्रसार तथा प्रर्वद्धनमा केन्द्रिय निकाय सम्म पुगोस् भन्दै यस वर्षको छैठौं माघि एवम् साँस्कृतिक मेलाको समुद्घाटन पूर्व उपप्रधान मन्त्रि तथा प्रतिनिधी सभा सदस्य टोप बहादुर रायमाझीले गर्नुहुने वडा अध्यक्ष केसीले बताउनु भयो । सोही कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश सभा सदस्य चेतनारायण आर्चाय, रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख/उपप्रमुख, नगरपालिका प्रमुख/उपप्रमुख, गाँउपालिका अध्यक्ष/उपाध्यक्ष लगाएत वडा अध्यक्षहरूको समेत उपस्थिती रहने बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले
    दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को
    सौराहामा होटल खुले, ग्राहक आएनन्
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.