प्युठान । आइतबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रति तोला १,७०० रुपैयाँले घटेर रू १,८४,३०० मा कारोबार भइरहेको छ।
गत आइतबार सुनको मूल्य प्रति तोला रू १,८६,००० पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
साथै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रति तोला रू १५ ले घटेर रू १,९४५ मा किनबेच भइरहेको महासंघले जनाएको छ।







