• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सामुदायिक रेडियो विजयनगरद्धारा एसइईको पुनर्ताजगी कक्षा सञ्चालनमा


  •     / २०७७, ७ बैशाख आईतवार प्रकाशीत

  • Advertisement

    साङ्केतिक तस्बिर बैशाख ७,२०७७ कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ । लकडाउन खुल्ने बित्तिकै परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई मध्यनजर गर्दै गाउँपालिकाले रेडियोमार्फत विद्यार्थीलाई ट्युसन कक्षा सञ्चालन गर्न थालेको हो । तयारीमा रहेका विद्यार्थीले लामो समय बिदामा बस्दा आफुले सिकेका कुरासमेत बिर्सिने र परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत पुनर्ताजगी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराइले बताए ।

    आइतबारदेखि विजयनगरमा रहेको सामुदायिक रेडियो विजयनगरबाट साँझ ४ः१० बजेदेखि ५ बजेसम्म तिन विषयको कक्षा सञ्चालन भएको छ । कक्षा सञ्चालनका लागि विषय शिक्षकले स्टुडियोबाट विद्यार्थीलाई जानकारीहरु प्रदान गर्ने र विद्यार्थीले सामाजिक सञ्जाल वा टेलिफोनमार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको भट्टराइले बताए ।

    अङ्ग्रेजी, गणित र विज्ञान विषयको कक्षा रेडियोबाट सञ्चालन हुनेछ ।विद्यालय खोल्न वा ट्युसन, कोचिङ कक्षा सञ्चालन गर्न सम्भव नरहेकाले रेडियोको विकल्प खोजिएको हो । रेडियोले प्रसारण गर्ने कार्यक्रमबाट जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र कपिलवस्तुको विजयनगर क्षेत्रका अधिकांश विद्यार्थीले लाभ लिन सक्नेछन् । परीक्षा तयारी कक्षा नै सञ्चालन हुने भएकाले विद्यार्थीका लागि उपयोगी हुने गाउँपालिकाको दाबी छ । गाउँपालिकाले विद्यार्थीलाई लकडाउनको पूर्ण पालना गर्दै प्रविधिको प्रयोगमार्फत एसइईको तयारीलाई जारी राख्न अनुरोधसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.