• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पूर्वमन्त्रीको पहलमा मास्क, ग्लब्स, पीपीई सेट र गाउन वितरण


  •    सुचना डबली डेस्क / २०७७, १८ जेष्ठ आईतवार प्रकाशीत

  • Advertisement

    कपिलबस्तु , जेठ १८ पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहल तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ग्लब्स, मास्क, पीपीई सेट तथा गाउन वितरण गरिएको छ । हाल विश्व स्तरमा फैलिसकेको कोरोना भाईरस रुपी महामारीले नेपालमा पनि आफ्नो जरा गाडीसकेको कुरा भन्दै मित्र राष्ट्र भारतसंग खुल सिमाना रहेकोले सिमानासंग प्रत्यक्ष सम्पर्कमा रहेको नेपालको तराई क्षेत्र उच्च जोखिममा रहेको र त्यसमा कपिलबस्तुमा कोरोना संक्रमितको संख्या झन् बढ्दै गईरहेको कुरा पूर्व मन्त्री मिश्राले भन्नुभएको छ । यस महामारीमा फ्रन्टलाईनमा बसी कार्य गरीरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी माथि कोरोनाको संकट अधिक रहेको कुरा मनन गर्दै कपिलबस्तुका १२ सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई मास्क, ग्लब्स, पीपीई सेट, गाउन जस्ता अत्यावश्यक सामान हस्तान्तरण गरी कोरोना विरुद्धको लडाईमा सानो सहयोग गरेको कुरा पूर्व मन्त्रीले बताएका छन् ।

    साथै उहाँले हस्तान्तरण गर्ने क्रममा सबैलाई सुरक्षा र सावधानीका साथ कार्य गर्ने सल्लाह पनि दिएका छन् । पूर्वमन्त्री मिश्राको पहलमा नेकपा नगर अध्यक्ष जाबेद आलम खाँले १२ जना पत्रकारहरुलाई पीपीई सेट, मास्क र ग्लब्स, एक जना स्वास्थ्यकर्मीलाई गाउन, मास्क र ग्लब्स हस्तान्तरण गरेका छन् । त्यसैगरी प्रहरी चौकी भिल्मी (कर्मा) लाई २ सेट, प्रहरी चौकी कुशहवा बढनीलाई २ सेट र सशस्त्र सीमा सुरक्षा बल कर्मालाई २ सेट पीपीई किट, ग्लब्स र मास्क उपलब्ध गराइएको छ । हस्तान्तरण शोसल डिस्टेन्सिंगको पालना गर्दै सबै सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुको बाडी सेनिटाईज गरी गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.