• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कपिलवस्तुमा रुकुम र रुपन्देही घटनाको विराेध


  •    सुचना डबली डेस्क / २०७७, १९ जेष्ठ सोमबार प्रकाशीत

  • Advertisement

    जेठ १९,कपिलवस्तु रुकुम र रुपन्देहीको घटनाका दोषीलाई कारवाहीको माग गर्दै कपिलवस्तुका दलित अधिकारकर्मीले तौलिहवामा शान्तिपुर्ण जुलुस गरि ज्ञापनपत्र बुझाएका छन । कोरोना संक्रमणका कारण गरिएको लकडाउनलाई प्रभाव नपार्ने गरि सामाजिक दुरी कायम गर्दै प्रशासन चोकमा जुलुस गरि दलित अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन ।

    प्रदेशसभा सदस्य माला गोतामे, दलित अगुवा मिना परियार, माया नेपाली, रामदेव पासी लगायतले प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललाई ज्ञापनपत्र बुझाएका थिए । अधिकारकर्मीको टोलीले रुकुमका नवराज बिक सहितको हत्या र तथा रुपन्देहीकी अंगिरा पासीको करणी पश्चातको हत्याको घटनामा संलग्नहरुलाई हदै सम्मको कारवाहीको माग गर्दै १० बुदे ज्ञापनपत्र बुझाईएको हो ।

    दलित अधिकारकर्मी, मानव अधिकारकर्मी र नागरिक समाजको अगुवाईमा दिईएको ज्ञापनपत्रमा घटना छानबिनका लागी उच्चस्तरीय आयोग वा समिति गठन, घटनामा संलग्नलाई कानुनी कारवाही, पिडितलाई सुरक्षा र राहत, रुकुम घटनामा मृत्यु भएका पाँच जनालाई साँस्कृतिक शहिद घोषणा, बेपत्ताको खोजी र घाईतेको उपचार, प्रत्यक मृतकका परिवारलाई १० लाख दरले क्षतिपुर्ति, घटना दोहरिन नदिन बिषेश योजना लागु गर्नु पर्ने र सुरक्षा निकायले प्रभावमा नपरी आवश्यक कारवाहीको बातावरण बन्नु पर्ने माग गरिएको छ ।

    ज्ञापनपत्र बुझदै प्रजिअ पौडेलले घटनाका दोषीलाई कारवाही हुनु पर्ने र आफुले ज्ञापनपत्र सम्बन्धित निकायमा प्रेषित गर्ने प्रतिबद्धता जनाए । दलित समुदाय माथी भएका दुबै घटनाका विरुद्ध न्यायका लागी आफुहरुले शान्तिपुर्ण प्रदर्शन तथा ज्ञापनपत्र बुझाएको अधिकारकर्मी मिना परियारले बताईन । जातिय विभेदलाई आधार बनाई घटाईएका यस्ता घटनालाई निरुत्साहित पार्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष रामशरन रैदासले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.