• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

औद्योगिक ब्यापारमेला बुटबल २०७६ मा बिदेशि नागरिकलाइ भब्य स्वागत


  •     / २०७६, १७ पुष बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    रुपन्देही संबाददाता पौष १७ बुटबल,अ आमा नृत्यमा बुटवलकी मेनुका राई प्रथम बुटवल । औद्योगिक, कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित बुटवलको देवीनगरमा सञ्चालन गरिएको औद्योगिक व्यापार मेला अवलोकन गर्न आएका विदेशी नागरिकलाई स्वागत गरिएको छ । सरकारले घोषणा गरि आजदेखि लागु भएको नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्नेगरी मेलामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम अंगाडी सारेको संघले सरकारले अंगाडी सारेको पर्यटन वर्षलाई सफल गराउनकालागि तीन देशका अन्य नागरिकलाई समेत नेपाल भ्रमणको आग्रह सहित उनीहरुलाई स्वागत गरिएको हो । मेला अवलोकनका लागि बुधबार मेला स्थल आएका रसियन नागरिक मेरिना र भारतीय नागरिक दिल्लीका अशोक भयानालाई संघका अध्यक्ष खिमबहादुर हमाल, निवर्तमान अध्यक्ष महेशमान सिंह पूर्व अध्यक्षहरु हिराप्रसाद श्रेष्ठ, जीवनप्रसाद ओझा, संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजु लगायतले स्वागत गर्नुभएको थियो । साथै बिदेशी पाहुनालाई बुटवलको मायाँको चिनो समेत प्रदान गरिएको थियो । यस क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि मेलाको प्रवेशद्वार अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा निर्माण गरिएको छ । सरकारले अंगाडी सारेको नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले नै मेलामा यस क्षेत्रका पर्यटकीय क्षत्रहरुलाई समेटेर पर्यटकीय स्थलहरुको प्रवद्र्धनात्मक कार्यक्रम गरिएको संघका बाणिज्य उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका उप–संयोजक हरिप्रसाद अर्यालले बताउनु भयो । बुधबार मेला अवलोकनकालागि सिद्धार्थनगर उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघको टोली मेलामा आएको थियो । त्यस्तैगरी बुटवलका जनप्रतिनीधिहरुले मेलाको स्थलगत अवलोकन गरेका थिए । त्यस्तै मेला अवलोकनमा आएको प्रदेश पाँच कृषि मन्त्रालयबाट समेत कर्मचारीहरुको टोलीले कृषि सम्बन्धि स्टलहरुको बारेमा जानकारी लिएका थिए । बुटवलको देवीनगरमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको ‘आमा नृत्य प्रतियोगिता’मा मेनुका राई प्रथम हुनु भएको छ । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा सञ्चालन गरिएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको सातौं दिन बुधबार आयोजना गरिएको आमा नृत्य प्रतियोगितामा सहभागि १५ प्रतिस्पर्धीलाई पछाडी पार्दै राई प्रथम हुनु भएको हो । त्यस्तैगरी प्रतियोगितामा कल्पना डुम्रे ज्ञवाली द्वितीय, तृतीय सोनी थापा र सुस्मा पोखरेल सान्त्वना हुनु भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः १० हजार, ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा, लोक तथा सांस्कृति कार्यक्रम संयोजक टंकप्रसाद गैरे, आमा नृत्य प्रतियोगिताका संयोजक रमेश खनालले पुरस्कार प्रदान गर्नुभएको थियो । त्यस्तै बुधबार लोक गायक जीवन शर्मा, लोक दोहोरी गायक बद्रि पंगेनी, धनबहादुर गुरुङ्, निरु गुरुङ्, आधुनिक गायक पुष्पन प्रधान, अमित बराल, भ्वाईस अफ बुटवलका प्रतिस्पिर्धी कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै बुधबार नै भएको गाउँले प्रितम र शर्मिला टोली र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बिचको दोहोरी प्रतियोगितामा प्रदेश समति बिजयी भएको छ । त्यस्तै भोली बिहिबार जुनकीरी दोहोरी साँझ काठमाण्डौ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको बिचमा दोहोरी प्रतिस्पर्धा हुने छ भने लोक तथा दोहोरी गायक राजु परियार, सपना गाहा, बन्दना पाण्डे, रामप्रसाद पाण्डे, आधुनिकमा रितु कंडेल र भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती रहने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले
    दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को
    सौराहामा होटल खुले, ग्राहक आएनन्
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.