• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आत्मकथा : ‘रहर’


  •    सुचना डबली डेस्क / २०७८, २६ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    छोटो जीवनमा ठुलो सपना बीचको अनगिन्ती रहर अनि रित्तो गोजि अनि बल्ल थाहा हुन्छ बाध्यतामा चलेको जिन्दगी । जब जिन्दगीलाई जिम्मेवारीले थिच्छ तब बाध्यताले जन्म लिने गर्छ । अनि बल्ल थाहा हुन्छ रहर अनि बाध्यताको भिन्नता । सायद जिन्दगीको पूर्वानुमान लगाउन सक्ने हो भने रहर पनि जन्मिने थिएन होला ।

    मानिसको जिन्दगीमा दिनहुँ उतारचढाव आउने गर्छ। आखिर जिन्दगी के ? सायद जीवन जिउनु र आँसु पिउनुको बीच नै लुकेको छ जिन्दगी । जीवन जिउनको लागि आँसु पिउनु पर्ने नै बाध्यता हो । अनि जीवन र इक्ष्याहरुको बीचको दुरी नै रहर । सायद अहिले पनि रहर र बाध्यताको भेट हुदैन होला । जब रहरको बाटोमा बाध्यताले पाइला टेक्छ तब सुरु हुन्छ जिन्दगीको अनौठो यात्रा जहाँ जिन्दगीलाई हामीले हैन हामीलाई जिन्दगीले चलाउँछ।

    दिनहुँ १७५० जना नेपाली आफ्नो मातृभूमिमा रहर छोडी विमानस्थलको बाटो भइ हावामा उडछन अनि बादलमा बिलाइ घरको सपना मनमा राखि बालुवा पग्लिने घाममा आफूलाई समर्पित गर्छन् । हो, बाध्यता हो जिन्दगी । घरको आर्थिक अवस्थाको बाध्यता , छोराछोरीको सपना पूरागर्ने बाध्यता , चुहिने छानो टाल्ने बाध्यता , फाटेको आमाको सारी फेर्ने बाध्यता , बुवाको पिठ्युमा रहेको ऋणको भारि आफ्नो काधमा बिसाउने बाध्यता ।

    हराउँछ आफ्नो रहर अनि आउछ परिवारको दायित्व । त्यही दायित्वसँग लड्दा लड्दै जिन्दगीले कहिले लडाउने हो थाहा छैन । अनि कहिले हावा नछिर्ने बाकसमा अपुरो जिम्मेवारी लिएर फर्किने हो थाहा छैन । सायद यहि नै हो बाध्यता ।

    रहर ! सुन्दै एउटा अनौठो शब्द जुन प्रतेक मानिस अनुसार फरक छ, धनि/गरिब अनुसार नै फरक छ । धेरै अनौठो छ रहर । यहाँ धनीको रहर, गरिबको बाध्यता छ । आज भोलि देखिएको धनाढ्यहरुको सोखमा पर्न ढिडो गरिबको बाध्यता हो । बर्षामा रहरले पानीमा भिज्नु र छानो चुहिएर भिज्नुमा धेरै फरक छ । हो धनि र गरिबमा धेरै फरक छ ।

    रहर त त्यही चुहिएको छानो टाल्ने हो , दुई छाक मिठो खाने हो , स-परिवारसँग बस्ने हो , उद्रेको आमाको सारी फेर्ने हो , बुवाको भारि बिसाउने थियो । रहर थियो गरिबिका कारण टाडीएक आफन्त नजिक हुन् भन्ने , रहर थियो चाडपर्वमा मोटोनै भएपनि चामलको भात खाने । धेरै नै भिन्न छ । रहर नत गरिब भनि छुट दिन्छ नत सपना साकार बनाउछ ।

    आवश्यकता , आकांक्षा , इच्छा , रहर , आशा, निरासा , सपना , बाध्यताको भिडमा फसेको छ , कतै च्यापिएको छ , कतै निसासिएको छ खुसी । रहरका आँसु खसाली बाध्यताको गन्तव्यमा पाइला अगाडि बदाउँदै छ खुसी । थाहा छैन कुन दिन गल्ने छन् पाइलाहरु अनि धल्ने छ जिम्मेवारीको खम्बा अनि भन्ने छ समाज राम्रो मान्छे थियो छिटो लग्यो ।

    © सुरज आचार्य

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुकामारी !
    कविता : पानी बनेस् है, छोरा !
    प्रदेशिनु रहर कि वाध्यता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.