काठमाडौँ, चैत्र २८ । शेयर बजार परिसूचक नेप्से मंगलबार ३४.७९ अंकले घटेर २४ सय तल झरेको छ।
मंगलबारको कारोबार समाप्त हुँदा नेप्से २ हजार ३ सय ८५।०१ विन्दुमा झरेको छ । केही समय अघि ३१ सय पार भएको नेप्से २४ सय तल झरेर फेरी उकालेको लागेको थियो।
लगातार दोस्रो दिन ओरालो लागेको नेप्सेमा मंगलबार ३७ लाख ७३ हजार २४ कित्ता सेयर खरिद विक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको छ । होटल तथा पर्यटनबाहेक सबै समूहको सूचक घटेको छ ।
