• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आँप बेचेर दुई लाख कमाउँछन् स्वर्गद्वारीका दिनेश


  •     सन्तोष सुनार / २०८१, ५ श्रावण शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान, साउन ५ । प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ४ बाझिपुरका दिनेश नेपाली यतिबेला आँप बटुल्न, संरक्षण गर्न र बेच्न व्यस्त छन् । २८ वर्षीय दिनेश आफ्नो जमुना बगैचामा पाकेका आँप बेचेर वार्षिक दुई लाख कमाउँछन् ।

    एसएलसी उत्तीर्ण नभएपछि कामको खोजीमा भरत पुगेर केही वर्ष विताएकाका दिनेश वैदेशिक रोजगारको लागि दुवई र कतारमा समेत २र२ वर्ष काम गरेर गाउँ फर्किए ।

    आफ्नै देशको माटो र आफ्नै बाबु बाजेले जोगाएर राखिदिएको गाउँको घरमा फर्किएपछि उनी २०७८ देखि आँपको संरक्षण र मलजल गर्ने कार्यमा जोडिए ।

    उनको जिजुहजुरबुबाले भारतिय सैनिकबाट अवकास हुँदा ५० हजारमा किनेको करिब ६० रोपनी जग्गामा हुर्किएका आँप आज उनको आय आर्जनको माध्यम बनेको छ ।

    आठ दशकअघि हजुरबुबाले लगाएका आँपका बिरुवा अहिले ठूला रूखमा परिणत भएको र त्यसैले वार्षिक दुईलाखसम्म आम्दानी दिएको दिनेश बताउँछन् ।

    माडीखोला नजिकै भएपनि पिउन र बोटविरुवा, तरकारी लगाउन पानीको निकै अभाव रहेको अवस्थामा पनि त्यो बेला विरुवा लगाइयो । आज त्यो विरुवाको फल मात्र हामीले खाएका छैनौं, त्यही आँप बेचेर नुन(तेल, लत्ताकपडा समेत किन्न सजिलो भएको छू दिनेशकी हजुरआमा हुमा सार्कीले विगत स्मरण गर्दै भनिन् ।

    तत्कालिन अवस्थामा करिब एक सय आँपहरु लगाएको र बोटविरुवा बचाउन आफुले माडीखोलाबाट पानी बोकको हुमालाई आजपनि सम्झना छ । संरक्षण र व्यवस्थापन नहुँदा केही आँपका बोटहरु मरेको तथा मानिसहरुले भाचिदिएको भएपनि हाल बगैचामा ४५ वटा आँपको बोटहरु रहेको दिनेशले  बताए ।

    आफुले हेरचाह र संरक्षण गर्न लागेपछि २०८० सालमा २ लाख बराबरको आँप विक्री गरेको र यो वर्ष २ लाख ५० हजार रुपैया आर्जन गर्ने लक्ष्य रहेको उनले बताए । सबै एकैनासका मान्छे कहाँ हुन्छन र रु धेरै आँप त चोरी हुन्छ । हामीले दुख गर्छौं तर हाम्रो दुख लुट्ने मान्छे पनि समाजमा छन् । उनले भने, चोरी नहुने हो भने आगामी वर्ष तीन लाखको आँप बेच्न सक्छु जस्तो लाग्छ ।

    दिनेशले व्यापारीको माग अनुसार रोल्पाको सुलिचौर बजार, लिवाङ बजार र प्यूठानका विजुवार, जुम्री लगायतका ठाउँमा लगेर आँप विक्री वितरण गर्ने गरेको बताए । उनले प्रति केजी एक सयका दरले आँप विक्री गरेका छन् । आँप किन्न बगैँचामा पनि दिनमा ७/ ८ जना दैनिक आउने गरेको उनले सुनाए ।

    दिर्घकालीन रुपमा विभिन्न पेशामा लागेका किसानहरुलाई स्थानीय सरकारले संरक्षण, अनुगमन तथा हौसलाको लागि अनुदान दिएमा फलफुल र तरकारी जिल्लामा बाहिरबाट ल्याउन नपर्ने अवस्थाको सिर्जना गर्न सकिने उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने
    एसिया कपः आज भारत र पाकिस्तान भिड्दै
    ​सुमना श्रेष्ठले छाडिन् रास्वपा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा, मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिइने

    • २. एसिया कपः आज भारत र पाकिस्तान भिड्दै

    • ३. ​सुमना श्रेष्ठले छाडिन् रास्वपा

    • ४. सुशिला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री

    • ५. सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, आजै शपथ

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.