• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

पाल्पामा पनि फेवाताल ! अवलोकन गर्न आउने बढ्दै


  •     / २०७५, २५ आश्विन बिहीबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । रामपुर आउने जो कोही पनि तालपोखरा अवलोकनका निम्ति पुग्ने गर्छन् । रामपुर नगरपालिका–६ मा अवस्थित वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई विकसित गरी अहिले फेवातालको झल्को दिने तालको रुपमा परिणत गरिएपछि पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको हो ।

    तालपोखरा क्षेत्रलाई यहाँका केही स्थानीय युवाले पर्यटकीय क्षेत्रका रुपमा परिकल्पना गरी यसको विकास गर्दै जाँदा अहिले यो क्षेत्र रामपुरकै पर्यटकीय क्षेत्रको गन्तव्यस्थल बन्न पुगेको छ ।

    बिहान, दिउँसो, साँझ जुनसुकै बेला पनि यहाँ अवलोकन गर्न र रमाउन आउनेको जमात अहिले बढ्दो छ । झण्डै ७० रोपनी क्षेत्रफलमा रहेको तालपोखरा पहिले पानी जम्मा हुने पोखरी रहेको थियो । यसको विकास र प्रवद्र्धन भएको खण्डमा यसले रामपुरकै पर्यटकीय भविश्यको लागि एक खम्बा बन्ने परिकल्पना गरेर यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सफल भएको परिकल्पनाकार एवं तालपोखरा संरक्षण समितिका अध्यक्ष देवराज देवकोटाले बताए ।

    युवाको नेतृत्वमा रामपुरवासीको सहयोगमा तालपोखराको पर्यटन विकासका लागि महायज्ञ सञ्चालन गरेर आर्थिक रकम संकलन गरी अहिले पर्यटकीय क्षेत्रका रुपमा प्रख्यात बनेको अध्यक्ष देवकोटा बताउँछन् ।

    ‘भविष्यमा तालपोखरा पोखराको फेवातालजस्तै पर्यटन प्रवद्र्धनका लागि रामपुरको मेरुदण्ड बन्नेछ,’ उनले भने । अहिले यहाँ अवलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल निकै बढ्दो छ । दैनिकजसो १०० भन्दा बढी आन्तरिक पर्यटकले तालपोखरा क्षेत्र अवलोकन गर्ने गरेको उनले बताए ।

    विसं २०६६ देखि यहाँ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउन थालिएको हो । अहिले फेवातालको झल्कोस्वरुप चारैतिर ताल बिचमा मन्दिर स्थापना गरिएको छ ।

    तालको बिचमा रहेको मन्दिर वरिपरि पर्खाल, पोखरी व्यवस्थापन, मन्दिरको साइडमा तीन ठाउँमा पूजाआजाका लागि प्रवेशद्वार, तालमा लैजाने पानी व्यवस्थापनका लागि नाली निर्माण, पार्क निर्माण, विवाह, व्रतबन्ध, वनभोजको व्यवस्था, पोखरी प्रवेशद्वारलगायतका काम सम्पन्न भइसकेको समितिका लेखापाल पुरुषोत्तम ढकालले जानकारी दिनुभयो । अहिलेसम्म यहाँ झण्डै रु एक करोड १० लाख बराबरको काम सम्पन्न भइसकेको छ ।

    तालपोखरा वरिपरी चारैदिशामा घेराबार, दीर्घकालीनरुपमा पानीको व्यवस्थापन गरेपछि डुंगा सञ्चालन शुरु गरिने तयारी गरेको ढकालले बताए । अबको दुई वर्षभित्रमा बाँकी काम सम्पन्न हुने उनले बताए ।

    तालपोखराको पर्यटन प्रवद्र्धनका लागि रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७२÷०७३ मा टर्मिनल खरिदका लागि रु एक लाख, २०७३÷०७४ मा तालपोखरा प्रवेशद्वार निर्माणका लागि रु एक लाख र ०७४÷०७५ मा रु तीनलाख रकम विनियोजन गरेको समितिका अध्यक्ष भरतराज देवकोटाले जानकारी दिए ।

    तालपोखरामा डुंगा सञ्चालन गरेर पोखरीको बिचमा रहेको मन्दिरमा पूजाआजा र पोखरी वरिपरि डुंगामा सयर गर्ने व्यवस्था छिट्टै नै सञ्चालन गर्नसके यहाँ दिनहुँ ठूलो आम्दानी हुनेछ । डुंगा सञ्चालन शुरु गरेपछि यहाँ दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रने लक्ष्य रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सङ्गीत क्षेत्रको विकासमा सहयोग गर्छु: मन्त्री आले
    दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को
    सौराहामा होटल खुले, ग्राहक आएनन्
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.