फागुन २२, प्युठान
प्रेस संगठनका केन्द्रिय सहसंयोजक गणेश बस्नेत भोलि शुक्रवार प्युठान आउनुहुने भएको छ । प्रेस संगठन नेपाल प्यूठान शाखाको भोलि हुने प्रथम जिल्ला भेलालाइ सम्बोधन गर्न बस्नेत लगायतका नेता प्युठान आउन लाग्नु भएको प्रेस संगठन नेपाल प्यूठान शाखाका सहसंयोजक विजयसिंह भारतीले जानकारी दिनुभयो । बस्नेतसँगै ५ नं. प्रदेश इन्चार्ज मनोज घर्ति, प्रदेश संयोजक सविन प्रियासन, केन्द्रिय सदस्यहरु बलराम थापा, गिरुप्रसाद भण्डारी, प्रदेश सहसंयोजक मानसिंह वि.क. लगाएत नेताहरु प्यूठान आउने संगठनले जनाएको छ ।
साविक प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल वीच एकीकरण भई संगठन गठन भएपछि पहिलो पटक भेला हुन लागेको हो । उक्त भेलाले जिल्ला कमिटि सदस्यहरुलाई सपथ ग्रहण गराउने जिल्ला सहसंयोजक भारतीले जानकारी दिनुभयो ।