प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाकामा स्वास्थ्यकर्मी खटाएर हेल्थहेस्क स्थापना गरेको हो ।विश्वका धेरै देशहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई भित्रिन नदिन कर्णाली प्रदेश सरकारले अग्रसरता लिएको छ ।सीमा नाकामा निगरानी बढाउँदै उपचारको आवश्यक व्यवस्थापनमा कर्णाली प्रदेश जुटेको हो ।कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्लासहित चारवटा नाकामा जाँचमा कडा गरेको प्रदेश सरकारले जनाएको छ ।सामाजिक विकास मन्त्रालयले सबै नाकामा हेल्थडेस्क नै स्थापना गर्न लागेको जनाएको छ ।
चीनसँग सिमाना जोडिएको हुम्लाको हिल्सा, प्रदेश ५ सँग जोडिएको बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट भित्रिने सुर्खेत विमानस्थलमा गरी ४ ठाउँमा जाँच हुनेछ ।यी चारै ठाउँमा हेल्थडेस्क राख्ने तयारी प्रदेश सरकारको छ । प्रदेश सरकारले बिदामा बसेका स्वास्थ्यकर्मीलाई पनि तत्काल कार्यालयमा हाजिर हुन आग्रह गरेको छ ।कोरोनाबाट जोगिन स्थानीय तहमा औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ ।कोरोना भित्रिन सक्ने जोखिम रहेका नाकामा औषधिसहित स्वास्थ्यकर्मी व्यवस्थापनमा सरकार जुटेको जनाएको छ ।