• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

स्युराज मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्षतामा ५ दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु


  •     / २०७६, १ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    अजय मिश्र कपिलवस्तु चैत १/चन्द्रौटा- कपिलवस्तुको चन्द्रौटामा पाँच दिने उद्धघोषण तथा पत्रकारीता तालिम सुरु भएको छ । शिवराज नगरपालिकाको सहयोग तथा राज’ मिडिया प्रालिको आयोजनामा उक्त तालिम सुरु भएको हो । तालिमको उद्धघाटन शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले गर्नुभएको छ ।

    उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरका गतिविधिहरुलाई निगरानी गर्ने काम पत्रकारको रहेको बताउनुभयो । गलत कामलाई खबरदारी गरि सहि कामलाई प्रचार गर्ने जिम्मा पनि संचारकर्मीहरुको रहेकोले पत्रकारहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।

    नगरले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमहरु राखेको हुदाँ ति कार्यक्रममा सहभागी हुन पनि आग्रह गर्नुभयो । “देशको चौथो अंग भनेर पत्रकारलाई चिनिन्छ” उहाँले भन्नुभयो “सत्य तथ्य बुझेर समाचार सम्प्रेशण गर्नुहोस, । ”

    कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले पत्रकारीतामा केहि चुनौतिहरु रहेपनि जनताले पत्रकारहरुलाई विश्वास गर्ने बताउनुभयो । अहिले तिन वटै सरकारलाई झकझकाउने काम पत्रकारहरुले गरेको भन्दै सत्य तथ्यको आधारमा पत्रकारीता गर्न सुझाव दिनुभयो । स्थानिय स्तरमा विषयगत पत्रकारीता गर्न आवश्यक रहेको भन्दै पत्रकारहरुले व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल,चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर मिया,वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे,राष्ट्रिय मानव अधिकारी प्रतिष्ठान कपिलवस्तुका सभापती विष्णु खतिवडाले पत्रकारीतालाई थप गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए । ५ दिन सम्म चल्ने उक्त तालिममा समाचार लेखन तथा वाचन शैलि,उद्धघोषक,रेडियो कार्यक्रम संचालन,शव्द चयन लगाएतका विषयमा प्रशिक्षण दिईने स्युराज’ मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेले बताउनुभयो । तालिमको उद्धघाटन स्युराज’ मिडिया प्रालिका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्ष , नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा शरद अधिकारीको स्वागत र माधव बेल्वासेको संचालनमा सम्पन्न भएको हो । तालिममा ५५ जनाको सहभागिता छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.