• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कृषकलाई सहयोग गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन


  •     / २०७६, २६ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    हृदयराम गुप्ता मर्चवार २६ चैत ÷ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले किसानहरुलाई सहयोग गर्न स्थानीय तहलाई निर्देशन दिएका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)संग भिडियो संवादमा मुख्यमन्त्री पोखरेलले भने, अहिले बाली भित्राउने समयमा लकडाउन भएकोले किसानहरुलाई केही सहयोग भएन भने भोलिको दिनमा खाद्यान्नको संकट आउन सक्छ, । सामाजिक दुरीलाई पनि कायम राखी सबैले किसानहरुप्रति स्थानीय तह सहयोगी बन्नुपर्नेमा उनले जोड दिए ।

    उनले कोरोना भाइरसको संक्रमण भइसकेका व्यक्तिहरुको लागि विशेष व्यवस्था गर्नैपर्ने र अन्य व्यक्तिहरुको हकमा पञ्जा, माक्स, सेनिटाइजरको व्यवस्था सामाजिक विकास मन्त्रलायसंग सबैले माग गर्न आग्रह गरे ।
    पछिल्लो समय भारत तथा तेस्रो मुलुकबाट नेपालमा धेरै आएको र तीमध्ये केही क्वारेन्टाइन तथा केही होम क्वारेन्टाइनमा बसेको बताए । क्वारेन्टाइनमा रहेका सबैलाई निगरानीमा राख्न आवश्यकता रहेको पोखरेलले बताए ।
    कोराना भाइरससंग सम्बन्धित लक्षण भएको व्यक्तिहरुलाई भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रमा रहेको प्रयोगशालामा चेकजाँचको लागि पठाउन उनले बताए ।
    दैनिक ज्यालादारीमा काम गर्नेहरुको लागि वितरण भइरहेको राहत सामाग्रीहरु सक्षम ब्यक्तिहरुले समेत लिन खोजेको कुरा आएकोले त्यसमा ध्यान दिन उनले गरे । मगन्ते संस्कृति कायम भयो भने सरकारमाथि ठुलो आर्थिक भार हुने उनको भनाइ छ ।
    त्यस्तै सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले पालिकाभरीमा अफै खटेर नेपाली तथा स्थानीय भाषामा कोरोना सचेतना अभियान जारी राखेको कुरा मुख्यमन्त्री पोख्रेललाई बताए । पालिकाको वडा नम्बर ७ मा निर्माण गरिएको क्वारेनटाइनमा बसेका २५ जनाले होमक्वरेन्टाइनमा बस्न भनेपछि विभिन्न सारोकारवाहरुको रोहबारमा ती व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा पाठाइएको बताए । ती होमक्वारेन्टाइनमा बसेकाहरुलाई नियमित निगरानी गरिरहेको कुरा शुक्लले बताए । अहिलेको समयमा १० जान होम क्वारेन्टाइनमा रहेको उको भनाइ छ ।

    अर्कोतर्फ उनले सम्मरीमाई गाउँपालिकामा एम्बुलेन्स नहुँदा आपतकालिन कार्यम केही समस्या भएको बताए । त्यसै गरी स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरुको निकै अभाव तथा रहेका स्वास्थ्यकर्मीहरुलाई चाहिने आधारभूत सामाग्रीको समेत अभाव रहेको मुख्यमन्त्री समक्ष कुरा शुक्लले भने । कोरोनाका लक्षण चेकजाँच गर्ने ज्वरो मापन यन्त्र एक थान मात्र रहेको उनले जानकारी गराए ।

    सम्मरीमाई गाउँपालिका भारतको खुल्ला सीमाना करी १० किलोमिटरसंग जोडिएको हुँदा प्रहरी र गाउँपालिका एक आपसमा विभिन्न किसिमका सम्पर्क समन्वय गरी प्रभावकारी रुपले सीमा क्षेत्रमा निगरानी गरी कडाइ गरिएको शुक्लले बताए । उनले कोरोनासंगै लामखुट्टेले गर्दा डेंगुरोग समेत उत्पन्न हुन सक्ने सम्भावना रहेको कुरा बताउँदै त्उसको नियन्त्रणको लागि प्रदेश सरकारले पहल गर्न जरुरी रहेको बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्यूठानमा भाेलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु जारी
    सुक्खा पहिरो खस्दा दाउन्नेमा गाडी आवागमन अवरुद्ध
    अखिल (क्रान्तिकारी) बुटवल नगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.