हृदयराम गुप्ता मर्चवार २६ चैत ÷ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले किसानहरुलाई सहयोग गर्न स्थानीय तहलाई निर्देशन दिएका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)संग भिडियो संवादमा मुख्यमन्त्री पोखरेलले भने, अहिले बाली भित्राउने समयमा लकडाउन भएकोले किसानहरुलाई केही सहयोग भएन भने भोलिको दिनमा खाद्यान्नको संकट आउन सक्छ, । सामाजिक दुरीलाई पनि कायम राखी सबैले किसानहरुप्रति स्थानीय तह सहयोगी बन्नुपर्नेमा उनले जोड दिए ।
उनले कोरोना भाइरसको संक्रमण भइसकेका व्यक्तिहरुको लागि विशेष व्यवस्था गर्नैपर्ने र अन्य व्यक्तिहरुको हकमा पञ्जा, माक्स, सेनिटाइजरको व्यवस्था सामाजिक विकास मन्त्रलायसंग सबैले माग गर्न आग्रह गरे ।
पछिल्लो समय भारत तथा तेस्रो मुलुकबाट नेपालमा धेरै आएको र तीमध्ये केही क्वारेन्टाइन तथा केही होम क्वारेन्टाइनमा बसेको बताए । क्वारेन्टाइनमा रहेका सबैलाई निगरानीमा राख्न आवश्यकता रहेको पोखरेलले बताए ।
कोराना भाइरससंग सम्बन्धित लक्षण भएको व्यक्तिहरुलाई भैरहवाको गहुँबाली अनुसन्धान केन्द्रमा रहेको प्रयोगशालामा चेकजाँचको लागि पठाउन उनले बताए ।
दैनिक ज्यालादारीमा काम गर्नेहरुको लागि वितरण भइरहेको राहत सामाग्रीहरु सक्षम ब्यक्तिहरुले समेत लिन खोजेको कुरा आएकोले त्यसमा ध्यान दिन उनले गरे । मगन्ते संस्कृति कायम भयो भने सरकारमाथि ठुलो आर्थिक भार हुने उनको भनाइ छ ।
त्यस्तै सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले पालिकाभरीमा अफै खटेर नेपाली तथा स्थानीय भाषामा कोरोना सचेतना अभियान जारी राखेको कुरा मुख्यमन्त्री पोख्रेललाई बताए । पालिकाको वडा नम्बर ७ मा निर्माण गरिएको क्वारेनटाइनमा बसेका २५ जनाले होमक्वरेन्टाइनमा बस्न भनेपछि विभिन्न सारोकारवाहरुको रोहबारमा ती व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा पाठाइएको बताए । ती होमक्वारेन्टाइनमा बसेकाहरुलाई नियमित निगरानी गरिरहेको कुरा शुक्लले बताए । अहिलेको समयमा १० जान होम क्वारेन्टाइनमा रहेको उको भनाइ छ ।
अर्कोतर्फ उनले सम्मरीमाई गाउँपालिकामा एम्बुलेन्स नहुँदा आपतकालिन कार्यम केही समस्या भएको बताए । त्यसै गरी स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरुको निकै अभाव तथा रहेका स्वास्थ्यकर्मीहरुलाई चाहिने आधारभूत सामाग्रीको समेत अभाव रहेको मुख्यमन्त्री समक्ष कुरा शुक्लले भने । कोरोनाका लक्षण चेकजाँच गर्ने ज्वरो मापन यन्त्र एक थान मात्र रहेको उनले जानकारी गराए ।
सम्मरीमाई गाउँपालिका भारतको खुल्ला सीमाना करी १० किलोमिटरसंग जोडिएको हुँदा प्रहरी र गाउँपालिका एक आपसमा विभिन्न किसिमका सम्पर्क समन्वय गरी प्रभावकारी रुपले सीमा क्षेत्रमा निगरानी गरी कडाइ गरिएको शुक्लले बताए । उनले कोरोनासंगै लामखुट्टेले गर्दा डेंगुरोग समेत उत्पन्न हुन सक्ने सम्भावना रहेको कुरा बताउँदै त्उसको नियन्त्रणको लागि प्रदेश सरकारले पहल गर्न जरुरी रहेको बताए ।