• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

रेडियोहरुले कोरोना विरुद्धको अभियान चलाउने


  •     / २०७६, २६ चैत्र बुधबार १५:३० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    कपिलवस्तु , २६ चैत कपिलवस्तुका सामुदायिक रेडियोहरुले कोरोना संक्रमण रोकथाम तथा सचेतना अभियान संचालन गर्ने भएका छन् । लकडाउनको अवस्थामा पत्रपत्रिका, टेलिभिजन, अनलाईन भन्दा रेडियोको पहुच अत्याधिक हुने भएकाले यसलाई सदुपयोग गर्दै कोरोना रोकथाम, संक्रमणबाट बच्ने उपाय र आवश्यक सामाजिक सर्तकता बारे अभियान चलाइने सामुदायिक रेडियो प्रसारक संघका प्रदेश ५ उपाध्यक्ष राजु खरालले जानकारी दिनुभयो । यसका लागि सबै रेडियोले अवधी, थारु र नेपाली भाषामा सचेतनामूलक जिंगल उत्पादन तथा प्रशारण गर्न आग्रह गर्नुभयो ।

    एकोराबका पूर्व केन्द्रिय उपाध्यक्ष एंव रेडियो कपिलवस्तुका अध्यक्ष तुलसीराम यादवले लकडाउनको यो बेलामा प्रत्येक कपिलवस्तुबासीको घरमा सहजै पुग्ने एकमात्र साधन रेडियो मात्र भएकाले यस मार्फत समुदायको सक्रियता, अवस्था, क्वारेन्टाइनको अवस्था र राहत वितरणमा भएका गतिविधीलाई समेत समेटेर सहजीकरण गर्न सबै सामुदायिक रेडियोहरुलाई अनुरोध गर्नुभएको छ ।
    यसै गरि जिल्लाका सबै रेडियोहरुले जिल्ला प्रशासन , स्थानीय तहहरु, सुरक्षा निकायद्धारा जारी कोरोना सम्बन्धी शन्देशमूलक सूचना निःशुल्क प्रशारण गर्ने भएका छन् ।

    कपिलवस्तुको चन्द्रौटामा सामुदायिक रेडियोहरुको बसेको वैठकले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारी पक्षले गर्ने निर्णय, निर्देशन तथा अनुरोधलाई निःशुल्क प्रशारण गर्ने निर्णय गरेका हुन् । कपिलवस्तुका स्थानीय तहहरुले यस विषम परिस्थितिमा आफ्ना स्थानीय तहमा भएका रेडियो तथा संचारमाध्यम संग सहकार्य गर्न समेत एकोराब प्रदेश उपाध्यक्ष खरालले अनुरोध गनुृभयो ।

    यसै गरि एकोराब जिल्ला समन्वय संयोजकको जिम्मेवारी दिइएका चन्द्रकान्त न्यौपानेलाई कारवाही गर्न जिल्लाका ७ वटा सामुदायिक रेडियोले माग गरेका छन् । एकोराबको सदस्यता पाएका ८ वटा रेडियो मध्ये ७ वटा रेडियोले संयोजकको जिम्मा पाएका न्यौपानेले विगत ३ महिनाको अवधिमा सामुदायिक रेडियोको क्षेत्रको सुधार भन्दा पनि विकृती, विवाद र एकलौटीपनले काम गरेको र समन्वय संयोजकलाई एकोराबको जिल्ला संयोजक, जिल्ला अध्यक्ष जस्तो पद स्वयंले खडा गरि विभिन्न स्थानका कार्यक्रमहरुमा सहभागि भएको, विश्वव्यापी कोरोना संक्रमणमा देश लकडाउनको अवस्थामा आफु आबद्ध रेडियो मायादेवी मार्फत भ्रामक समाचार प्रशारण गरि कोरोना बारे आतंक सिर्जना गर्ने कार्य गरेको हुदा सामुदायिक रेडियोकर्मी भएर पनि सामुदायिक उक्तरदायित्व पुरा नगरेको भन्दै कारवाही गर्न माग गरिएको छ ।

    आजै ७ वटा रेडियो प्रमुख तथा प्रतिनिधीले हस्ताक्षर गरि प्रदेश उपाध्यक्ष राजु खराललाई कारवाहीको लागि ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउने क्रमममा रेडियो बाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेलले तत्काल माग सम्बोधन गर्न आग्रह गर्दै न्यौपानेलाई कारवाही गरि नयाँ तर्दथ समिति बनाउन माग गर्नुभयो । ज्ञापन पत्र बुझ्दै उपाध्यक्ष खरालले जिल्लाका सबै रेडियोको माग बमोजिम आवश्यक छानबिन गर्ने र तत्काल अर्को भेला बोलाईने र यसबारे केन्द्रमा जानकारी गराउने बताउनुभयो ।

    सामुदायिक रेडियो बुद्ध आवाजका उमाशंकर चौधरी, सामुदायिक रेडियो कपिलवस्तुकी व्यवस्थापक सोना खटिक, रेडियो परिवर्तनका व्यवस्थापक दिलिप यादव, सामुदायिक रेडियो बाणगंगा व्यवस्थापक गणेश पोख्रेल, सामुदायिक रेडियो शिवराज एफएम व्यवस्थापक दिपक के.सी., सामुदायिक रेडियो भ्वाईसकी व्यवस्थापक गीता पौडेल तथा सामुदायिक रेडियो समानताका व्यवस्थापक कृष्ण गैरेले हस्ताक्षर गरि चन्द्रकान्त न्यौपानेलाई कारवाहीको माग गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    प्यूठानमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले रुसमाथि व्यापार प्रतिबन्ध लगाउँदै

    • २. बुधबार ५ सयले बढ्यो सुनको मुल्य !

    • ३. ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    • ४. कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

    • ५. बोलेरो ठक्करबाट किशोरीको मृत्यु

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ३. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • ५. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.