दोलखा ,९ मंसिर । आज बाला चतुर्दशी पर्व अर्थात् पितृ मोक्षकालागि शतबीज छर्ने दिन । दाेलखामा पनि पितृमोक्षयात्रका लागि विभिन्न मठमन्दिरहरुमा शतबीज छरि बाला चतुर्दशी पर्व मनाइएको छ ।
दिवागत सम्झना र उद्धारका निम्ति हिजो मंसिर कृष्ण त्रयोदशीका दिन राति बत्ती बालि जागाराम बसेर भजन-कीर्तन गर्ने गरिएकाे थियाे । चतुर्दशीका दिन बिहान बाजागाजा सहित बजारका विभिन्न मठमन्दिरहरुमा शतबीज छरिएकाे थियाे ।
हरेक मंसिर कृष्ण त्रयोदशीको साँझ बालिने बत्तीले पितृमोक्ष एवं उद्धार हुने धार्मिक विश्वास छ । ठूलो दियो या तामाको मानोमा घिउ या तेल राखेर काँचो धागाको बत्ती बनाउने प्रचलन छ ।
पृथ्वीलोकमा छरिएको बतबीज पितृहरुको लोकमा अंकुरण हुने र यिनै बीजका कारणले पितृहरु कहिलै भोकै बस्नु नपर्ने मान्यता छ ।