बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले बि.एड चौँथो वर्षमा उत्तीर्ण विद्यार्थीलाई आइतबार सम्मान गरेको छ।
क्याम्पसमा अध्ययन गरी चाैँथाे वर्ष उत्तिर्ण भएका विद्यार्थीलाई एक कार्यक्रमकाे आयाेजना गरी क्याम्पस प्रमुख, क्याम्पस सहायकले मायाको चिनो र खादासहित सम्मान गरेका हुन्।
क्याम्पस प्रमुख विष्णुप्रसाद रानाको अध्यक्षतमा रहेको साे कार्यक्रमकाे सञ्चालन सुमन घिमिरेले गरेका थिए।
उक्त कार्यक्रमबाट २५ जना विद्यार्थी सम्मानित भएका हुन्।
कार्यक्रमका अध्यक्ष क्याम्पस प्रमुख रानाले विद्यार्थीहरूले सफलतापूर्वक स्नातक सक्काएर यसरी आफूले सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्दै विद्यार्थीका आगामी दिनपनि अझै सफल र फलदायी रहन शुभकामनासमेत दिएका थिए।